अर्थ

भारु सटहीमा कुरा मिलेन, राष्ट्र बैंकले आरबीआइसँग जवाफ माग्यो

भारु सटहीमा कुरा मिलेन, राष्ट्र बैंकले आरबीआइसँग जवाफ माग्यो
चैत्र १६ । नेपाल राष्ट्र बैंकले ५ सय र १ हजार दरका प्रतिबन्धित भारु सटहीका विषयमा भारतको रिजर्भ बैंक अफ इण्डिया आरबीआइसँग लिखित जवाफ माग गरेको छ । [caption id="attachment_38798" align="aligncenter" width="571"] Hand with Indian thousand rupee notes[/caption] आरबीआइका प्रतिनिधिले प्रतिव्यक्ति ४ हजार ५ सय भन्दा बढी भारु सटही गर्न नसक्ने बताएपछि राष्ट्र बैंकले सटहीका विषयमा लिखित जवाफ माग गरेको हो । राष्ट्र बैंकले भारु सटहीका सम्बन्धमा आरबीआइलाई दुई पटक पत्राचार गरिसकेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मंगलबार कारोबार अनलाइन टिभीसँग संक्षिप्त कुरा गर्दै आरबीआइले दिने लिखित जवाफका आधारमा प्रतिबन्धित भारु सटहीका सम्बन्धमा बैंकले आवश्यक कदम चाल्ने बताए । प्रतिबन्धित भारु सटहीको विषयलाई लिएर राष्ट्र बैंक र आरबीआइका प्रतिनिधिबीच आइतबार र सोमबार भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । वार्तामा राष्ट्र बैंकका प्रतिनिधिले प्रतिव्यक्ति २५ हजार रुपैयाँ राख्न पाउने सुविधा अनुसार प्रतिबन्धित नोट सटही गर्नुपर्ने माग राखेकामा आरबीआइका प्रतिनिधिले ४ हजार ५ सय मात्र साट्न सकिने बताएका थिए । डेपुटी गभर्नर शिवाकोटीले आरबीआइको टोलीले ४ हजार ५ सय भन्दा बढीको सीमामा सहमति गर्ने म्याण्डेट नरहेको बताएका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको जानकारी दिए । राष्ट्र बैंक र आरबीआइबीच २०१५ सालमा नै एक नेपालीले २५ हजार भारु राख्न पाउने समझदारी भएको थियो । काराेबार

विशेष