अपराध सुरक्षा

बलात्कार पीडितले स्वीकार गरिन्, रक्सी नै खतरनाक

बलात्कार पीडितले स्वीकार गरिन्, रक्सी नै खतरनाक

चैत्र १६ । बेलायतमा एक बलात्कार पीडित महिलाले यो कुरामा सहमति जनाएर भनिन, ‘रक्सी पिएर महिलाहरु आफैंले आफैलाई खतरामा पार्ने गर्दछन् ।’

१९ वर्षीया मेगन क्लार्कले बीबीसीसँग कुरा गर्दै बलात्कारको मुद्दा सुनाइरहेका जजको कुरामा सहमति जनाएकी हुन् । बेलायतको म्यानचेस्टर क्लबमा होस नै गुम्ने गरी रक्सी पिएपछि क्लार्क यस्तो व्यक्तिसँग भेटिइन्, जसले उसको बलात्कार गरे ।

बीबीसीको ‘भिक्टोरिया डर्बीशायर’ कार्यक्रममा बोल्दै पीडित क्लार्कले भनिन, ‘मुद्दाको सुनुवाई भइरहेको बेला वकिलले महिलालाई नै सतर्क रहन सल्लाह दिए, जुन सकारात्मक र निकै राम्रो आग्रह थियो ।’

उनलाई बलात्कार गर्ने रिकार्डाे रोड्रिग्स फोर्टस् गोम्सलाई अदालतले ६ वर्षको सजाय सुनाएको थियो । यो घटना घट्नु पूर्व क्लार्कले भोड्काको साथै एउटा ड्रग पनि लिएको स्वीकार गरिन् ।

विशेष