अपराध सुरक्षा

यातायात कार्यालयबाटै सवारी लाइसेन्स बिक्री !

यातायात कार्यालयबाटै सवारी लाइसेन्स बिक्री !
चैत १७ । भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो । २०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन गर्दा १० हजारभन्दा धेरैलाई सेटिङमा लाइसेन्स दिएको पाइएको हो । विभागले छानबिन गरी सुवेदीलाई बुधबारदेखि लागू हुने गरी सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको छ । कार्यालय प्रमुख सुवेदीसहित २ शाखा अधिकृत, नौ नायब सुब्बा र दुई खरिदार गरी १४ जना कर्मचारीसमेत निष्काशनमा परेका छन् । कारोबार

Liensce

विशेष