अपराध सुरक्षा

फेसबुके प्रेमपछि अश्लील भिडियो बनाएर युवतीलाई धम्क्याउने पक्राउ

फेसबुके प्रेमपछि अश्लील भिडियो बनाएर युवतीलाई धम्क्याउने पक्राउ
चैत १७ । फेसबुकमार्फत सम्बन्ध गाँसेर युवतीको चरित्रहत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले बैतडी घर भई काठमाडौं बस्ने राजबहादुर बोहोरालाई पक्राउ गरेको छ । बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारे । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु पदार्थ खुवाएर युवतीको अश्लील भिडियो खिचे र त्यसैमार्फत चरित्रहत्याको धम्की दिएको प्रहरीले जनाएको छ । कान्तिपुर

विशेष