अपराध सुरक्षा

बलात्कारी सचिव पक्राउ

बलात्कारी सचिव पक्राउ

चैत्र १७ । एक युवतीलाई मंगलबार बलात्कार गरेको आरोपमा बाग्लुङ तमान गाउँपालिकाका सचिव कमलप्रसाद भुर्तेल पक्राउ परेका छन् ।

मदिरा सेवन गरी रातको १० बजे स्थानीय १८ वर्षीय युवतीलाई करणी गर्दै गरेको स्थानीयले फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीय रामजी थापाले बताए । मदिराले मातेका सचिव भुर्तेलले युवतीको कोठामा छिरेर करणी गरेको गाउँलेले जानकारी पाएपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उनले बताए ।

सचिव भुर्तेल अहिले बुर्तिवाङ प्रहरीको नियन्त्रणमा छन् भने पीडित युवतीलाई पनि प्रहरीको सुरक्षामा राखिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताए । स्थानीय आमा समूहको सहयोगमा प्रहरी कार्यालयमा बुधबार जबरजस्ती करणीको मुद्दा दायर गरिएको उनले जानकारी दिए ।

दुवैजनासँग प्रहरीले गहन तवरले अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए । केही दिनमा सत्यतथ्य बाहिर आउने उनले जानकारी दिए ।

‘हामी अनुसन्धानकै चरणमा छौं,’ उनले भने, ‘सत्यतत्य बाहिर आउन अझै केही दिन लाग्छ ।

कान्तिपुर

Rape

विशेष