अपराध सुरक्षा

शिशु जन्माएर बाँसघारीमा फालेपछि...

शिशु जन्माएर बाँसघारीमा फालेपछि...
चैत्र १७ । भक्तपुरको चाँगुनारायण ३ झौखलमा शिशु जन्माएर बाँसघारीमा फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप गौसरा १ घर भइ हाल सो स्थानमा बस्दै आएकी २१ वर्षकी साइली तामाङलाई पक्राउ गरिएको डिएसपी कृष्ण प्रसाइँले बताए । सुत्केरी हुन तामाङलाई बेथा लागेपछि श्रीमान पैसा खोज्न घरबाट निस्किएका थिए । पछि घर पुगेर तामाङलाई अस्पताल लैजादाँ डाक्टरले उनले बच्चा जन्माइसकेको बताएका थिए । त्यसपछि सोधपुछका क्रममा उनले बच्चा जन्माएर बाँसघारीमा फालेको बताएकी थिइन । बच्चा बाँसघारीमा मृत अवस्थामा भेटिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Baby

विशेष