वाग्मती आयल सप्लायर्समा सिलबन्दी
चैत्र – १७ । उपभोक्तलाई ठगी गर्ने ललितपुरको बालकुमारीस्थित वाग्मती आयल सप्लायर्समा अनुगमन टोलीले सिलबन्दी गरेको छ ।
तिरेको मूल्यभन्दा कम पेट्रोल र डिजेल दिएको भेटेपछि विहीबार दिउँसो आपूर्ति मन्त्रालयबाट अनुगमनमा निस्केको टोलीले सिलबन्दी गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत श्रीराम भट्ट नेतृत्वको अनुगमन टोलीले पाँच लिटर पेट्रोलमा तीन सय ५० मिलिलिटर तेल कम भेटाएको थियो । अनुगम टोली उक्त पेट्रोल पम्पमा पुग्दा पम्पका सञ्चालक प्रविन नायभ श्रेष्ठ भने फरार भएका थिए ।
गुणस्तर नाप गर्दा तोकिएभन्दा कम पेट्रोलियम पदार्थ विक्रि गरेको भेटेपछि सिलबन्दी गरेको भट्टले जानकारी दिए ।
सिलबन्दी