अर्थ समाज

‘फास्ट ट्रयाक’ बनाउने जिम्मा सेनालाई

‘फास्ट ट्रयाक’ बनाउने जिम्मा सेनालाई
चैत १८ । राजधानीबाट तराई–मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ । लामो समयसम्म बुट निर्माण, संचालन र हस्तान्तरण प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले सेनाको व्यवस्थापनमा द्रुत मार्ग निर्माण अघि बढाउने प्रक्रिया सुरु गर्न लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ वर्षदेखि अलमलमा रहेको राष्ट्रिय गौरवको आयोजना द्रुत मार्ग निर्माण अघि बढाउन लागेको हो । भौतिक पूर्वाधारले रक्षा मन्त्रालयमा पत्र पठाइ ७६ किमि लामो द्रुत मार्ग सेनाको व्यवस्थापनमा अघि बढाउन चाहेको उल्लेख गर्दै निर्माण जिम्मा लिन तयार रहे÷नरहेको जंगी अड्डासित राय मागेको छ । सेनाको सकारात्मक जवाफ आउनासाथ मन्त्रिपरिषदबाट निर्णय गरी जिम्मा दिइनेछ । कान्तिपुर

Fast Trachk

विशेष