यौन-शिक्षा

१८ वर्षीया युवतीले कुमारीत्व २६ करोडमा बेचेपछि...

१८ वर्षीया युवतीले कुमारीत्व २६ करोडमा बेचेपछि...
चैत १७ । रोमानियाकी एक १८ वर्षीया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयाँ ९२० लाख पाउन्ड स्ट्रलिङमा बेचेको बताएपछि उनको बाबु–आमाले चार महिनाका लागि घर फर्कन प्रतिबन्ध लगाएका छन् । बाबुआमाले त्यस्तो नगर्न दिएको धम्कीको बाबजुद् एलेएक्जान्ड्रा खेफेरेन नाम गरेकी ती युवतीले हङकङका एक व्यापारीलाई आफ्नो कुमारीत्व बेचेको बताएकी छन् । डेलीमेल अनलाइनकाअनुसार उनले गत वर्ष बाबुआमाको धम्कीको बाबजुद् आफ्नो कुमारीत्व लिलामीका लागि आह्वान गरेकी थिइन् । रोमानियाको बुचारेस्टका स्थायी वासिन्दा खेफेरेन निकै महत्वाकांक्षी मोडलकोरुपमा परिचित छन् । उनले आफूले एउटा होटल भाडामा लिएर व्यापारीको सम्पर्कमा आएपछि जर्मनीको एक एजेन्सी ‘सिंड्रेला एस्कोर्ट्स’ माध्यमबाट आफ्नो कुमारीत्व लिलाम गरेकी बताएकी छन् । उनले बताएअनुसार ‘सिंड्रेला एस्कोर्ट्स’ले मध्यस्तता गरेबापत २० प्रतिशत रकम लिनेछ । उनले ‘द स्टार’ म्यागजिनलाइ भनेकी छन्–‘म सिंड्रेला एस्कोर्ट्समार्फत् आफ्नो कुमारीत्व बेच्न चाहान्थें, नत्र भविष्यमा कुनै साथीलाई त्यसै कुमारीत्व दिनुपथ्र्यो । र, मलाई के लाग्छ भने मैले भेटेको अन्य केटीहरुको पनि यस्तै धारणा छ ।’ उनले भनेकी छन्–‘मैले पहिल्यै भनिसकेकी थिएँ, म त्यसको लागि आफ्नो कुमारीत्व लिलाम गर्न चाहान्छु जसले २० लाख पाउन्ड स्ट्रलिङ तिर्नसक्छ । तर, मसँग सम्झौता भएको व्यापारी मिलनसार छ । व्यापारी र सिंड्रेला एस्कोर्ट्सका कर्मचारीहरु दुबैसँग भेटेपछि हामीबीच भएको सम्झौताअनुसार म आफ्नो कुमारीत्व सुम्पिनेछु ।’ सिंड्रेला एस्कोर्ट्सले यसबारे बताउँदै छिट्टै दुबै जोडीबीचको भेट जर्मनीमै हुने उल्लेख गरेको छ । एस्कोर्ट्सले बताएअनुसार अहिले ३०० युवतीहरु आफ्नो कुमारीत्व लिलाम गर्न राजी भएपनि खेफेरेनलेमात्रै सार्वजनिक हुन चाहेकोले कम्पनीले उनकोबारेमा सार्वजनिक गरेको उल्लेख गरेको छ । खेफेरेनले चर्चित टेलिभिजन कार्यक्रम ‘द मनिङ शो’मार्फत् यसबारे सार्वजनिक गरेकी थिइन् । कार्यक्रमका प्रस्तोता विलोबी र फिलिप शेफिल्ड चकित भएका थिए । साथै, कैयौं दर्शकहरुले खेफेरेनलाई घृणासमेत गरेका थिए । तर, यस विषयमा आमा–बाबुलाई जानकारी नदिएको बताएकी थिइन् । डेलीमेल अनलाइनले उनको घर पुगेर बुझ्दा उनका बाबु प्रहरी रहेको पत्ता लागेपछि उनको छोरीको घोषणाबारे आधिकारिकता पुष्टि गर्न खोज्दा थाहा नभएको भन्दै छोरीलाई त्यस्तो नगर्न धम्कीसमेत दिएका थिए । उनले आफ्नो कुमारीत्व लिलामी गरेपनि आफू यौनकर्मी नभएको बताएकी छन् । उनको कमारीत्वको पहिलो रकम सिंड्रेला एस्कोर्ट्सले सुरुमा १० लाख लाख पाउन्डको प्रस्ताव गरेको र उनले यो प्रस्ताव नमानेपछि रकम दोब्बर गरिएको एस्कोर्ट्सले उल्लेख गरेको छ । उनले भनेकी छन्–‘यौन सम्पर्ककाबारे म धेरै उत्सुक छु । म आफ्नो सबै जिज्ञासाहरु त्यहिँ थाहा पाउन चाहान्छु, जुन दिन मेरो कुमारीत्व भंग हुन्छ ।’ उनको बाबु राड्कु रोमानियन नेसनल पुलिसका अधिकुत हुन् । उनले मासिक ६०० पाउन्ड कमाउँछन् र उनको आमा एलेना आफ्नै फार्मेसी चलाएर बसेकी छन् । उनका बाबु–आमाले छोरीको निर्णयले दुखी बनाएको बताएका छन् । उनीहरुले आफ्नो छोरीलाई कम्तीमा पनि चार महिना घर नर्फकन भनेका छन् ।

Kisori

विशेष