अर्थ ओटोमोबाइल

टोयोटा नेपालको आधिकारिक बितरक युनाइटेड ट्रेडर्सले मनायो ५० औं वार्षिक उत्सव

टोयोटा नेपालको आधिकारिक बितरक युनाइटेड ट्रेडर्सले मनायो ५० औं वार्षिक उत्सव

चैत्र १८ । टोयोटा नेपाल तथा टोयोटा गाडीको नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा. लि. (युटीएस)आफ्नो स्थापनाको ५० औं वर्षमा प्रवेश गरेको अवसरमा विविधकार्यक्रमको आयोजना गरेको छ ।

मार्च ३० तारिख अर्थात यही चैत्र १७ गते कम्पनीले काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।  उक्तअवसरमा आनन्दनगर धुमबाराहीमा आयोजितविशेष कार्यक्रममा टोयोटाको अत्याधुनिक थ्री एससुविधायुक्त नयाँ शो–रुमको उद्घाटन समेत गरेको छ ।

उक्त कायक्रमा टोयोटाका एसिया प्यासिफिक टिएमएपीका अध्यक्ष हिरोयोकुक्ष् फुकुईको पनि उपस्थिती रहेको थियो ।  त्यस्तै, उक्त दिन बेलुका हायात रिजेन्सी होटलमा आयोजित कार्यक्रमलाई युटीएसका अध्यक्षसुरज बैद्य र प्रबन्ध निर्देशक रीतु सिंह बैद्य लगायतले मन्तव्य राखेका थिए ।

टोयोटाले उक्त अवसरमा टोयोटाका नयाँ २ गाडीहरु अल न्यू इनोभा र अल न्यू फच्युनको समेत लन्च गरेको थियो ।

Toyota

विशेष