भूकम्पपीडितसँग घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

चैत्र–१८ । भूकम्पपीडितसँग घुस लिने नापी सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीको उजुरीको आधारमा पुगेको अख्तियारको मध्यमाञ्चल बर्दिवासको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ५ घर भएका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठलाई २२ हजार पाँच सय घुससहित रंगेहात पक्राउ गरेको हो ।
नापी सर्वेक्षक श्रेष्ठले भूकम्पपीडितसँग घर बनाउदा नक्सामा बाटो देखाउनका लागि घुस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
घुस
नापी सर्वेक्षक
पक्राउ
भूकम्पपीडित