काठमाडौँबाटै 'प्रहरी हौं' भन्दै लुटियो ५० तोला सुन

चैत्र २० । काठमाडौंमा शुक्रबार दिनदहाडै ५० तोला सुन लुटिएको छ । काठमाडौँ महानगरपालिका(१९ मरुहिटीस्थित प्रेमरत्न शाक्यको ५ तले घरको पहिलो तलास्थित सुनका गहनाको कारखानाबाट २८ लाख रूपैयाँको ५० तोला सुन लुटिएको हो ।
भारत घर भएका शिव माइतीको कारखानामा शुक्रबार अपरान्ह आएको ६ जनाको समूहले त्यस परिमाणको सुनका गहन लुटेको हो ।
लुटेराको समूहले हामी ‘प्रहरी हौं’ भन्दै हत्कडी र पेस्तोल देखाएर गहना बनाउन राखेको ३ ढिक्का सुन र तयार हुँदै गरेका सुनका गहना लुटेको पीडित पक्षले जनाएको छ ।
घटना शुक्रबार अपरान्ह भएको हो । तर पीडितले शनिवार मात्रै प्रहरीलाई सूचना दिएका थिए । लटेराहरु फरार भइसकेकाले खोजी तीब्र पारिएको भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।
gold