अपराध सुरक्षा

नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ

नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ
चैत २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका एक अमिनलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अमिन कृष्ण जोशीलाई आयोगको बर्दिवास क्षेत्रीय कार्यालयले अाइतबार दिउँसो सो रकमसहित नियन्त्रणमा लिएको हो । अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट र नामसारीका लागि ३० हजार रुपैयाँ घुस लिएको बेला क्षेत्रीय कार्यालयका एसपी राजकुमार लम्सालको टोलीले नियन्त्रणमा लिएको थियो । रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अमिन घुस नापी कार्यालय पक्राउ

विशेष