हिमालय एअरलाइन्सबाट निकालिएका विदेशी क्याप्टेनले पाए नेवानीमा लाखौको जागिर
चैत–२१ । नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले संचालक समितिबाट निर्णय नै नगराई मासिक ३० हजार अमेरिकी डलर अर्थात ३० लाख ३० हजार पारिश्रमिक दिने गरी क्यानेडियन नागरिक क्याप्टेन ग्याब्रेल एसन्जोलाई कन्सलटेन्ट नियुक्त गरेका छन् । दुई महिनाअघि कंसाकारले उनलाई आफूखुसी नियुक्त गरेका हुन् ।
हिमालय एअरलाईन्सबाट निकालिएका गाइब्रेललाई विनासूचना प्रतिस्पर्धा नगराई सोझौ मासिक ३० हजार डलर तलब सुविधा दिने गरी नियुक्ति दिएका छन् । नेपालमा काम गर्नका लागि वर्क परमिट नै नलिएका गाइब्रेललाई नागरिक उड्डयन प्राधिकरणका क्याप्टेन दीपक लामाले कंसाकारसँग भेट गराएका थिए ।
प्रबन्ध निर्देशक कंसाकारले सञ्चालक समितिबाट निर्णय नगराई मासिक ३० लाख ३० हजार रुपैयाँ दिने गरी दुई वर्षकालागि कन्सल्ट्यान्ट नियुक्ति गरी अधिकारेको दुरुपयोग गरेका छन् । निगमको संचालक समितिको अध्यक्ष पर्यटन मन्त्रालयको सचिव हुन्छ । –साँघु साप्ताहिकबाट