ताजा खबर पर्यटन

भारतीय जलसेनाले सगरमाथा आरोहण गर्ने (भिडियोसहित)

भारतीय जलसेनाले सगरमाथा आरोहण गर्ने (भिडियोसहित)
[embed][/embed]

चैत २१ । भारतका २४ जलसेनाले सगरमाथा आरोहण गर्ने भएका छन् ।

भारतीय जलसेनाको टोली मंगलाबर जिरी हुँदै आफ्नो यात्रा सुरु गर्न लागेको हो । १९ अप्रिलमा सगरमाथा बेस क्याम्प पुग्ने लक्ष्य राख्दै उक्त टोली लाग्नेछन् ।


यो समेत गरेर भारतीय जल सेनाका टोली दोस्रो पटक सगरमाथ पुग्न लागेका हुन् । सन् १९६५ मा पनि जलसेनाकी कप्तान मिसेस कोह्लीको नेतृत्वमा सगरमाथाा आरोहण सफल रुपमा गरिएको थियो । उक्त समयमा आफ्नो समुन्द्रिक चिह्न ८,८४८ फिट माथि पुर्याउन उक्त टेली सफल भएको थियो ।


उक्त टोलीको यो अभियनलाई ‘सागर ताल से सगरमाथा’ को नाम दिइएको छ ।  भारतीय राजदूतावासका कर्मचारी विनय कुमारले भारतीय जलसेनालाई शुभकामना दिँदै उनीहरुको यो कदमले दुई देशको सम्बन्ध र नेपलको पर्यटकीय क्षेत्रलाई अझ बलियो बनाउने बताए ।

यसका साथै यस कदमले अन्य थुप्रै भाारतीय तथा नेपाली जवानलाई पनि प्रेरणा मिल्ने बताए ।

Indian Navey Mounteverest

विशेष