अर्थ

नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज किन्ने

नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज किन्ने
चैत्र–२५ । नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज किन्ने भएको छ । नगमले अमेरिकन कम्पनी एएआरसँग वाइड विमान किन्ने सम्झौता गरेको हो । निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिब ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ । निगम र एएआरबिच शुक्रबार पहिलो जहाज सन् २०१८ को अप्रिलसम्म र दोस्रो मे महिनासम्ममा ल्याउने गरी सम्झौता भएको हो । सम्झौतामा महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका नेपाल प्रतिनिधि दीपक शर्माले हस्ताक्षर गरे । दुबै विमान २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कंशाकारले बताए । नेपालको उड्ययन इतिहासमा यति धेरै रकम खर्च गरेर विमान किन्न लागिएको पहिलो पटक हो । यी जहाज साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्ने तयारी नेपाल एयरलाइन्सले गरिरहेको छ ।

अमेरिकन कम्पनी एएआर नेपाल वायुसेवा निगम वाइड बडी जहाज सम्झौता

विशेष