अपराध सुरक्षा

चन्द र सिलवालको विवादले अर्याल बन्ने भए आइजिपी

चन्द र सिलवालको विवादले अर्याल बन्ने भए आइजिपी

चैत– २६ । डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ । सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।

स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो । वरियातामा हिलो नम्बरमा रहेका नवराज सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्याङकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको छलफलबारे जानकार स्रोतले बताएको छ । –नागरिक दैनिकबाट

विशेष