अर्थ

२० महिनायता सबैभन्दा धेरै घट्यो डलर

२० महिनायता सबैभन्दा धेरै घट्यो डलर
चैत २७ । परिवर्तनीय संसारका धेरैजसो मुलुकमा साटिने विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ । निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैंयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैंयाँ बलियो बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मुल्य र विक्री मुल्य १०३.०३ तोकेको छ । यो २० महिना यताकै नेपाली रुपैंयाँका तुलनामा कमजोर हो । अमेरिकाले पछिल्लो समय सिरियामा श्रृखंलाबद्ध आक्रमण बढाउँदैं गएपछि विश्व बजारमै डलर कमजोर बनेको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैंयाँ बलियो बनेको हो । गत बर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च र १ सय ९ रुपैंयाँ ७७ पैसा पुगेको थियो । नागरिक

American Dollor

विशेष