अर्थ स्वास्थ्य

खोटाङ सेवा समाज युकेद्वारा खोटाङ जिल्लालाई ७ वटा एम्बुलेन्स प्रदान, गाउँलेद्वारा फुलमालाले स्वागत (फोटोसहित)

खोटाङ सेवा समाज युकेद्वारा खोटाङ जिल्लालाई ७ वटा एम्बुलेन्स प्रदान, गाउँलेद्वारा फुलमालाले स्वागत (फोटोसहित)

चैत्र २७ । खोटाङ सेवा समाज यूकेले खोटाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ७ वटा एम्बूलेन्स प्रदान गरेको छ ।

दुई वर्षसम्म अभियान सञ्चालन गरेर समाजले शनिबार २ प्राथमिक स्वास्थ्य केन्द्र र ५ स्वास्थ्यचौकीलाई १ करोड १२ लाख ३१ हजारको एम्बूलेन्स प्रदान गरेको हो । समाजले जन्तेढुंगा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी गाउँपालिकाको बुईपा स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिकाको सिमपानी स्वास्थ्य चौकीलाई एम्बूलेन्स प्रदान गरेको हो ।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रतिगोटा ३२ लाख मूल्य पर्ने एम्बूलेन्स जुटाएर स्वास्थ्य संस्थालाई प्रदान गरिएको खोटाङ सेवा समाज यूकेका अध्यक्ष अशोककुमार राईले बताए । समाजले एम्बूलेन्ससँगै जिल्ला अस्पताल दिक्तेललाई १४ लाख बराबरको एक थान अल्ट्रासाउण्ड, ईसिजी मेसिन लगायतका उपकरण प्रदान गरेको छ ।

बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिंगापुर, नेपाल लगायतका ठाउँमा बसोबास गर्ने ४ सय ४५ खोटाङ्गेबाट प्राप्त स्वेच्छिक सहयोगमा एम्बूलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ । एम्बूलेन्सको प्रतिवटा मूल्य ३२ लाख पर्ने भए पनि नेपाल सरकारबाट प्राप्त भन्सार छुटका कारण प्रतिवटा १२ लाखमै भित्र्याइएको हो ।

त्यस्तै समाजले स्वास्थ्यसेबीलाई ‘नागरिक सम्मान’ र एक प्रतिभालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । अधिकांश जीवन स्वास्थ्य सेवाका क्षेत्रमा बिताएकी साकेला गाउँपालिका–२ रतन्छाकी ६२ वर्षीया ध्रुबलक्ष्मी राईलाई ‘नागरिक सम्मान’ र सञ्चार तथा समाजसेवाका क्षेत्रमा योगदान पु¥याएकामा दिप्रुङ गाउँपालिका–२ का ४३ वर्षीय टंकबहादुर थापालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो । समाजले राईलाई नगद ५० हजार र ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ र थापालाई २५ हजार र ताम्रपत्रका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।

Abulance In Khotang

विशेष