अर्थ

बजाज मोटरसाइकलमा उपभोक्ता ठगेको पैशा चुनावमा खर्च हुने भयो

बजाज मोटरसाइकलमा उपभोक्ता ठगेको पैशा चुनावमा खर्च हुने भयो

चैत २८ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको नाममा छलछाम, डरधम्की, लोभलालच, मत खरिद र आचारसंहिताको धज्जी उडाउनेलगायतका विवादास्पद कार्यमा लागेको आरोप खेपिरहेको पशुपति मुरारका, भवानी राणा, चण्डीराज ढकाल र शेखर गोल्छा समूहले एसोसियटतर्फको मत कब्जा गरेर निर्वाचनमा विजयी हुने सपना देखेको छ । एसोसियटतर्फको भोट कब्जा गर्ने रणनीति अनुसार प्रोक्सी मत लिएर नवीकरण दस्तुर आफैले बुझाएर आफ्ना पकेटका भोटरहरु चाहिं नवीकरण गर्ने र किशोर प्रधान समूहलाई एसोसियटबाट मत जान नदिने षडयन्त्रमा शेखर गोल्छाको टीमबाट गोल्छा, वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा र चण्डीराज ढकाल हात धोएर लागि परेको स्रोतले बताएका छ ।

लोकतन्त्रमा निर्वाचनमा स्वतस्फूर्त भाग लिन पाउनु नैसर्गिक अधिकार हो । योग्यता पुगेको जो सुकैलाई निर्वाचनमा उम्मेदवारी दिन पाउने, चुनाव लड्न पाउने स्वतन्त्रता हुन्छ । तर महासंघका मुरारका, राणा र गोल्छाको टीमले चण्डी ढकालको निर्देशन पालना गर्दै एसोसिएटतर्फको १९ सदस्य पदका लागि उम्मेदवारी दिएका ४१ जनालाई नै दबाब र प्रभावमा पारेर फिर्ता लिन लगाएको अर्को गम्भीर आरोप समेत लागेको छ ।

एसोसियटहरुको महासंघमा मतभार ३० प्रतिशत रहने गर्छ । एसोसियट कब्जा गरे पनि जिल्ला नगरतर्फको मत आफूलाई नआउने बुझेका गोल्छा समूहले त्यहाँको मतलाई पन एक जिल्ला बराबर २५ लाखसम्म खर्च गरेर १०–१२ जिल्ला खरीद गर्ने रणनीति अपनाएको बुझिएको छ । यो हिसाबले अन्तिम अबस्थामा ३ देखि ५ करोड रुपैयाँ गोल्छाले खर्च गर्ने गरेको चण्डी ढकाल निटक स्रोतले बताएको छ । –साँघु साप्ताहिकबाट

विशेष