अर्थ कर्पोरेट

यति ब्रुअरीको 'अर्ना लाइट' र 'अर्ना स्ट्रङ्ग' नेपाली बजारमा

यति ब्रुअरीको 'अर्ना लाइट' र 'अर्ना स्ट्रङ्ग' नेपाली बजारमा
चैत्र – २८ । यति ब्रुअरीले काठमाडौंमा एक कार्यक्रम गरी अर्ना लाइट र अर्ना स्ट्रंग बियर नेपाली बजारमा भित्र्याएको जानकारी दिएको छ । यति बु्रअरीले नेपाली बियर पारखीहरुको फिट्नेशलाई मध्यनजर गर्दै यी दुई नयाँ प्रोडक्ट नेपालमा भित्र्याएको हो ।
अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो–क्यालोरी (कम क्यालोरी भएको) बियर हो जुन “हाइ अन फन, लो अन क्यालोरी” भन्नेमूख्य सन्देश लिई बजारमा आएको छ । क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको फिट्नेशमा पनि ध्यान दिएको कम्पनीले जनाएको छ । सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २०% र कार्ब ३४% कम रहेको छ । उक्त कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो । यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६% र ६.५% अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । ।

यति ब्रुअरी

विशेष