अपराध सुरक्षा

बालिका बलात्कार अभियाेगमा दुर्इजनालार्इ जेल सजाय

बालिका बलात्कार अभियाेगमा दुर्इजनालार्इ जेल सजाय
चैत्र - २८ । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र १५ हजार दण्डजरिवाना गर्ने फैसला गरेको छ। पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त राई र पाठकलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र दण्डजरिवानाको फैसला गरेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार ऋतबहादुर मगरले बताए। यस्तै राईलाई जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले आठ वर्ष जेलसजाय र १५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । पाठकलाई गत साउन १५ गते स्थानीय एक छिमेकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो भने राईलाई गत पुस २२ गते स्थानीय एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जेल सजाय

विशेष