पर्यटन विचित्र विश्व

एकै याममा दुईपटक सगरमाथा चढ्दै भारतीय महिला

एकै याममा दुईपटक सगरमाथा चढ्दै भारतीय महिला
चैत - २९ । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटकमात्र सगरमाथा आरोहण गर्छन् । तर, एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित मंगलबार सगरमाथा आधारशिविर पुगेकी छन् । सैँतीस वर्षीया अंशु जानसेन्पा मंगलबारआधारशिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिए । एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य रुट प्रयोग गर्नेछिन् । दुईपटक आरोहणका लागि उनले पर्यटन विभागमा २२ हजार डलर बुझाएर अनुमति लिइसकेको पर्यटन विभागको पर्वतारोही शाखाका प्रमुख लक्ष्मण शर्माले जानकारी दिए । यसपालि ती भारतीय महिला र अन्य पर्वतारोहि विभिन्नखालका कीर्तिमान राख्ने प्रस्तावसहित निवेदन आएको शाखाले जनाएको छ । एक भारतीय टोलीले बिना अक्सिजन सगरमाथा चढ्ने भनेर निवेदन आएको छ । त्यस्तै, नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिइसकेका छन् ।

सगरमाथा

विशेष