ओटोमोबाइल

फियाट्को नयाँ वर्ष अफरः एक्सचेन्जमा दुई लाख रुपैयाँसम्म ‘एक्स्ट्रा भ्यालुएसन’

फियाट्को नयाँ वर्ष अफरः एक्सचेन्जमा दुई लाख रुपैयाँसम्म ‘एक्स्ट्रा भ्यालुएसन’

चैत – २९ । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । जसमा पुराना कार एक्सचेन्ज गर्दा दुई लाख रुपैयाँसम्म बढी भ्यालुएसन हुनेछ । जुनसुकै ब्रान्डका पुराना कार साटेर फियाट्को नयाँ कार लिन चाहने ग्राहकले अब आफ्नो कारको २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म एक्स्ट्रा मूल्य पाउनेछन् । यसका लागि ग्राहकहरुलाई एउटा स्क्र्याच कार्ड दिइने जसलाई स्क्र्याच गरेर उनीहरुले एक्स्ट्रा भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । फियाट् कारप्रेमीहरुको नयाँ वर्ष उत्सव थप उल्लासमय बनाउन लाइफ अटोमोबाइलसले यो योजना ल्याएको हो । फियाटको एक्सचेन्ज क्याम्प गएको २३ चैतदेखि काठमाडौं गैरीधारास्थित फियाट्को मुख्य सोरुम र देशभरिका सोरुमहरुमा चलिरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । इटालियन ब्रान्ड फियाट् आफ्नो सरलता, गुणस्तर र अटुट ‘इनोभेसन’का कारण संसारमै बढी रुचाइएको कारमध्ये पर्छ । फियाट् क्रिसलर अटोमोबाइल्स (एफसीए) ग्रुपले फियाट्सँगै अबार्थ, अल्फा रोमियो, डज, जिप, ल्यान्सिया, माजेराती लगायत ब्रान्डका कार उत्पादन गर्छ । ४० वटा देशमा कारखाना रहेको एसीए ग्रुपका गाडीहरु एक सय ५० भन्दा बढी देशमा गुड्छन् । नेपालमा लाइफ अटोमोबाइलले अर्बान क्रस, पुन्टो इभो, लिनिया, एभेन्चुरा, पुन्टो अवार्थ र पुन्टो प्युअर उपलब्ध गराउँदै आएको छ । गैरीधारामा मुख्य सोरुम रहेको फियाट्को अन्तर्राष्ट्रिय स्तरको सर्भिस बसुन्धरामा रहेको छ ।

FIAT फियाट्

विशेष