
चैत्र–३० । झापाकाे बिर्तामोड नगरपालिका–२ मा रु छ करोडको लागतमा पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ ।
दश कट्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगले खानेपानीका पाइप, घरमा प्रयोग गरिने वाइरिङ पाइप, पिभिसी पाइपलगायत उत्पादन सुरु गरेको उद्योगका सञ्चालक प्रकाश सिटौलाले जानकारी दिए ।
उद्योगको आज एक कार्यक्रमबीच झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गरे ।
एक सयजनालाई रोजगार दिने उद्देश्यका साथ स्थापित सो उद्योगले आगामी दिनमा सेक्सन पाइप, गार्डेन पाइप र प्लास्टिकका सकेट समेत उत्पादन गर्ने लक्ष्य राखेको अर्का सञ्चालक गोपाल मैनालीले बताए ।
झापा
पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग
रोजगार
सञ्चालन