अर्थ कर्पोरेट

किसानले अदुवाको उचित मूल्य पाएनन्

किसानले अदुवाको उचित मूल्य पाएनन्
चैत - ३० । अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो रु १० देखि रु २० मा बिक्री भइरहेको छ । कृषि उपज केन्द्र धरान–१३ अमरहाटबाट गत वर्ष १० हजार मेट्रिक टन अदुवा बिक्री भएको थियो । एक हजार मेट्रिक टन स्थानीय बजारमा खपत भएको र बाँकी भारत निकासी भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । कृषि उपज बजारस्थलमा बिक्रीका लागि ल्याएको अदुवा भारत निकासी हुन सकेको छैन । “किसानले उत्पादन गरेको अदुवा कृषि उपज बजारस्थलमै थन्किएको छ,” भट्टराईले भने । प्रशोधन केन्द्र स्थापना गर्न सके अदुवा नष्ट हुनबाट जोगाउन सकिने उनको भनाइ छ ।

अदुवाको मूल्य

विशेष