अपराध सुरक्षा

टर्की हिँडेकी युवतीकाे भित्री बस्त्रमा ३०१ ग्राम चरेस

टर्की हिँडेकी युवतीकाे भित्री बस्त्रमा ३०१ ग्राम चरेस
चैत्र – ३० । भित्रि वस्त्रमा चरेस लुकाएर टर्की हिँडेकी एक युवती र एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । टर्की हिँडेकी २४ वर्षीया सोय सेलेन र युवक एर्गुनी केमाललाई लागूऔषध नियन्त्रण ब्यूरोले सोमबार पक्राउ गरेको हो । गत सोमबार टर्की जना विमानस्थल पुगेकी सेलेनको चेकजाँचका क्रममा भित्री वस्त्रमा लागूऔषध चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । जाँचका क्रममा सेलेनको ब्राभित्र पातलो प्लास्टिकमा बेरेर राखेको ४८ ग्राम र पेन्टीभित्र २५३ ग्राम चरेस फेलापरेको प्रहरीले बताएको छ । त्यस्तै सेलेनले केमालबाट उक्त परिमाणको लागूऔषध किनेको बयानका आधारमा उनलाई पक्राउ गरेको हो । केमालले बयानमा आफूले पनि चरेस बोकेको तर डरले फोहर पाल्ने भाँढामा फालिदिएको बताएपछि प्रहरीले उनले भनेको ठाउँबाट १५९ ग्राम चरेस फेला पारेको थियो । पक्राउ परेको दुबैलाई ब्यूरोले लागूऔषध तस्करी अभियोगमा हिरासतमा राखेको जानकारी दिएको छ ।

चरेस

विशेष