यौन-शिक्षा

यौनकर्मी महिला सडकमा निस्किएर प्रदर्शन गरेपछि...

यौनकर्मी महिला सडकमा निस्किएर प्रदर्शन गरेपछि...

‘सेक्स वर्क पनि पेशा हो’ भन्दै फ्रान्सको राजधानी पेरिसको सडक यौनकर्मी महिलाहरु सडकमा निस्किएका छन् । करिब १ सय ५० को संख्यामा यौनकर्मी महिलाहरु सडकमा निस्किएका थिए ।

उनीहरु ‘सेक्स वर्क पनि एक पेशा हो,’ भन्ने लेखिएका प्लेकार्ड र ब्यानरसहित उनीहरु सडकमा थिए । सँगै नारा पनि लगाइरहेका थिए । एक वर्षअघि फ्रान्स सरकारले कानुन ल्याएर यसलाई व्यवस्थित गरेको थियो ।

नयाँ कानुन अनुसार पैसा लिएर सेक्स सर्भिस लिनु अवैध हो र यसका लागि ग्राहकलाई जरिवाना लाग्छ । प्रदर्शनमा उत्रिएका अधिकांश युवतीहरु थिए भने केही पुरुष समेत थिए ।

यो कानुनले ग्राहकलाई अपराधीको रुपमा लिन्छ । उनीहरुले ३ हजार ७ सय ५० युरो जरिवाना तिर्नुपर्ने हुन्छ ।

Sex worker in France

विशेष