अपराध सुरक्षा

कोदालो प्रहार गरी घरमुलीले गरे शिक्षकको हत्या

कोदालो प्रहार गरी घरमुलीले गरे शिक्षकको हत्या

चैत्र ३१ । नवलपरासीको गैंडाकोटमा एक शिक्षकको हत्या भएको छ । सरस्वती निकेतन बोर्डीङ स्कुलका प्लस २ कोअर्डिनेटर शेषकान्त रिमालको हत्या भएको हो ।

अंग्रेजी विषय अध्यापन गराउने शिक्षक रिमाल गैंडाकोट २ गोपिधाममा डेरा गरी बस्ने विनयी गाँउपालिका साविक दुम्कीबास १ का ३६ वर्षका उनको हत्या भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुवास हमालले जानकारी दिए ।

मृतक रिमालकी श्रीमतीले दिएको जानकारी अनुसार घरमुली गैंडाकोट २ का ४१ वर्षका विष्णुप्रसाद पौडेलले बिहान ३ बजे एक्कासी कोदालोले हानेका हुन् ।

कोदालो प्रहार गर्ने घरमुली पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिमालको उपचारको क्रममा बिहान ४ बजे सिएमसि अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरी भनाई छ ।

घटनाका विषयमा अनुसन्धान चलिरहेको प्रहरी निरिक्षक हमालले जानकारी दिए ।

hatya

विशेष