अर्थ कर्पोरेट

एनसेलमा दुई मिनेट कुरा गर्दा दुई मिनेटै बोनस टक टाइम

एनसेलमा दुई मिनेट कुरा गर्दा दुई मिनेटै बोनस टक टाइम
चैत्र – ३१ । एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ । एनसेल ग्राहकले अब विश्वकाकुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय आगमनकलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गते (शुक्रबार)देखि लागू कम्पनीले जनाएको छ । यस योजना अन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन, साथीभाइ र प्रियजनहरुले गरेको कल उठाई दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गरेको दुई मिनेट पूरा भएपछि ग्राहकले स्वतः दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । फोनमा जति मिनेट कुरा भए पनि ग्राहकले बोनस टक टाइम एक पल्ट मात्र कुरा गरेको दुई मिनेट पुरा भए पश्चात् प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी प्राप्त निर्देशनअनुसार यो योजना निःशुल्क सुचारु गर्न सक्ने छन् । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो योजनामा सामेल हुन सक्छन् । यो योजना तीन महिनाको लागि मान्य हुनेछ ।

Ncell

विशेष