सार्वजानिक यातायातहरुले मात्र हैन, भीआपीको सवारीसाधनले पनि हर्न बजाउन पाउँदैनन् (भिडियोसहित)
ट्राफिक प्रहरीले बैशाख १ गते बाट काठमाडौं उपत्यकामा हर्न निषेध गर्ने घोषण गरेसंगै यसको बारेमा काठमाडौंमा सकरात्मक तथा नकरात्मक टिप्पणी सुनिन थालेको छ । ‘हर्न नबजाए त दुर्घटना हुन्छ । ’ ‘हर्न नबजाए लौरौले बाटोमा हिड्ने यात्रीलाई ट्वाक्क, ट्वाक्क हान्दै पन्साउनु त । ’ अहिले यस्तै कुराहरुले सामाजिक सञ्जाल भरिएको छ । थोरैले हर्न निषेधलाई स्वागत गरेका छन् भने धेरैले यसको विरोध । किन गरियो हर्न निषेध ? यो नियम कुन अवस्थामा लागु हुन्छ ? नियम पालना नगरे के सजाय हुन्छ ? हर्न निषेध समबन्धि विविध पाटाहरुको बारेमा ट्राफिक प्रहरीका अतिरिक्त प्रहरी आयुक्त मिङमार लामाले नेपाल आजसंग कुराकानी गरेका छन् । हर्न निषेध गर्ने निर्णय चैत २८ गते मेरै कार्यकक्षमा भएको हो । काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागको महानिर्देशक, सडक विभागको महानिर्देशक, मेलम्ची खानेपानीका पधाधिकारीहरु र महानगरपालिको साथीहरुसंग बसेको छलफलले यो निर्णय पारित गरेको हो । काठमाडौंलाई शान्त शहर बनाउनको लागि यो निर्णय गरिएको हो । ध्वनीप्रदुषणले गर्दा विभिन्न मानशिक रोगीहरु बढे । यो सहरमा कोलाहल भयो । विदेशीहरु आएर काई नभाको जात्रा हाडीँ गाउको भने । हाम्रो अन्र्तराष्ट्रिय रुपमै बेइज्वत भयो । त्यसैले शान्त र सभ्य शहर बनाउनको लागि हर्नलाई पुर्ण निषेध होइन दुरुपयोग हुन नदिन यो अभियान चलाइयो ।
चालकहरुले हर्न २ वटा अवस्थामा बजाउन सक्छन्–सवारी साधन घुम्तिमा मोड्ने बेलामा र कुनै पनि दुर्घटना हुन लागेको वा अफ्ठ्यारो परेको अवस्थामा । त्यो अवस्था बाहेक अन्य अवस्थामा हर्न बजाउने चालकहरु कारबबाहीमा पर्नेछन् । अफ्ठ्यारो बाटो र घुम्ति बाटो बाहेक अन्य ठाउमा हर्न बजाउने चालकहरुलाई चिट काटेर ५ सय रुपैया जरिवाना तिराईनेछ । दोस्रो छोटी पक्राउ परेमा १ हजार र तेस्रो चोटी फक्राउ परेमा १५ सय जरिवाना गराइनेछ । हाम्रो नेपालमा सवारी चालकहरु यात्रुलाई बोलाउँदा होस् या साथीहरुलाई कुर्दा अनाआवश्यक हर्न बजाउछन् । जेब्रा क्रसिङमा यात्रुहरु बाटो काट्दा पनि उनीहरु हर्न बजाउन छोड्दैनन् । त्यसैले हर्न निषेध गर्न जरुरी हुन्छ । हर्न निषेधको नियम सार्वजानिक सवारीलाई मात्र हैन्, भिआइपी मन्त्रीहरुको गाडीमा समेत लागु हुन्छ । उनीहरुको सवारी साधनले पनि अति आवश्यक बाहेक अन्य अवस्थामा हर्न बजाउन पाउदैनन् । नियम सबैलाई बराबर हुन्छ । नियम कानुनले कसैलाई काखा र कसैलाई पाखा गर्दैन् । यो नियम पालना नहुनेमा धेरैले शंका व्यक्त गरेका छन् । हामीले मात्र भनेर, गरेर केही हुदैन् । चालकहरु र यात्रुहरु आफै अनुशाशित हुनुपर्छ । हर्न बजाउनु भनेको मान्छे मार्नु जत्तिको ठुलो अपराध हैन् । त्यसैले कतिपय अवस्थामा कारवाही नहुदाँ नियम कार्यन्वयन भएन भन्न मिल्दैन् । हामीले यो नियम पालना गराउन योजनाका साथ अगाडी बढ्ने छौ । हर्न निरिक्षण गर्न हामीसंग कुनै यन्त्रहरु छैन् । हामीसंग जनशक्तिको अभाव पनि छ । तर चालकहरु अनुशाशित भएर हर्नको दुरुपयोग नगर्ने हो भने यो नियम कार्यन्वयन हुन्छ । उनीहरुले नियम पालना गरेनन् भने ट्राफिक प्रहरीले कारवाही त गरिहाल्छ । हामीले सबै पैदल यात्रीहरुको लागि फुटपाथमा हिड्न बाध्य गराउछौँ । उनीहरु फुटपाथ छोडेर सडकमा हिडे भने उनीहरुलाई पनि जरिवाना गराउछौँ । पैदल यात्रीहरुले जेब्रा क्रसिंगबाट बाटो काटेनन् भने उनीहरुलाइ जरिवाना तिराईनेछ । पैदल यात्रीहरुले जेब्रा क्रसिंगबाट बाटो काट्दै गर्दा दायाँबायाँका सवारी रोकिएनन् भने ती सवारीहरुलाई पनि कारवाही गरिनेछ । आकाशे पुल भएको ठाउँबाट बाटो जान छोडेर पैदल यात्रीहरु सडकबाट हिडे भने उनीहरु पनि कारबाहीमा पर्नेछन् । यसको लागि सबभन्दा पहिला हामी फुटपाथ व्यावसायीहरुलाई हटाउनेछौँ । चाडै नै हामी यो कार्य गर्दै छौँ । यस्तो नियम विदेशको जुनसुकै देशमा लागू भएको छ । धेरै सवारी साधनहरु भएको ठाउमा हर्न शून्य छ । दुर्घटना पनि कम छ । नियम उल्लंघन गर्नेलाई जरिवानाको रेट पनि धेरै छ । यो नियम कार्यन्वयनको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने विभिन्न संघसस्थाहरुको सहयोग छ । त्यसैले यो नियम कार्यन्वयन हुन्छ ।
अतिरिक्त ट्राफिक प्रहरी आयुक्त मिङमार लामासंग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित no horn in kathmandu