अर्थ बैंकिङ

सेञ्जुरीले हकप्रद र बोनस शेयर दिने

सेञ्जुरीले हकप्रद र बोनस शेयर दिने

चैत्र – ३१ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको छ । बिहीबार काठमाडौँको कमलादीस्थित प्रज्ञाभवन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको छैठौँ साधारण सभाले सो निर्णय गरेको हो । सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृतीसमेत प्रदान गरेको छ । ‘साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० प्रतिशत बराबरको बोनस शेयर र दुई संस्था प्राप्ती पश्चात्को पूंजीमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ,’ बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूंजी र चार संस्था प्राप्तीबाट करिब रु. २ अर्ब पूँजी थप हुनेछ भने नपुग पूँजी ४० प्रतिशत हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट रु. ८ अर्ब पूँजी पुग्ने जनाएको छ । सबै संस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।

Century Bank

विशेष