यौन-शिक्षा

आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रेमिकाका बाबुले काटिदिए लिंग

आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रेमिकाका बाबुले काटिदिए लिंग

एजेन्सी  । पाकिस्तानमा एक बाबुले आफ्नी छोरीसँग प्रेम गरेको आरोपमा एक किशोरको लिंग काटिदिएका छन् । स्थानीय १५ वर्षीय ती किशोरको लिंग काटिदिनुका साथै उनले आँखासमेत फुटाइदिएका छन् ।

ती किशोर उनकी छोरीसँग प्रेम सम्बन्धमा थिए । लाहोरमा भएको सो घटनाका पीडितको उपचार स्थानीय अस्पतालमा जारी छ । ती किशोरका परिवारका अनुसार केटीका बाबु तीनजनासँग आएर उनका छोरालाई पिटी अपहरण गरेका थिए । उनीहरूले आफ्नो छोरालाई रावी नदीछेउ लगेर कुटपिट गरेका थिए । ‘उनीहरूले मेरो छोराको लिंंग काटिदिए, आँखा फोडिदिए,’ पीडित किशोरका बाबुले भने ।

घटनालगत्तै सबै आरोपी फरार भएका थिए । उनलाई एक स्थानीयले उद्धार गरी अस्पतालमा भर्ना गराएका थिए । घाइते युवकले प्रहरी समक्ष आफ्नो उजुरी दर्ता गरेका छन् । पीडितको बयानका आधारमा प्रहरीले सबै आरोपीलाई पक्राउ गरेको छ ।

sex

विशेष