अपराध सुरक्षा भिडियो

मृतकको परिवारको प्रश्न–दिनदहाडै सुधार गृहमै हत्या हुदाँ त्यहाँको कर्मचारी के हेरेर बसे ? (भिडियोसहित)

मृतकको परिवारको प्रश्न–दिनदहाडै सुधार गृहमै हत्या हुदाँ त्यहाँको कर्मचारी के हेरेर बसे ? (भिडियोसहित)

टिचिङ अस्पताल महाराजगन्ज काठमाडौं स्थित पोष्टमार्टन विभागमा पदम बहादुर पौडेलको पोष्ट मार्टन गर्न ल्याइएको छ । पौडेलको मृत्यु नभएर हत्या भएको भन्दै मृतका आफन्तहरु अस्पताल परिसरमा जम्मा भएका छन् । महोत्तरी गौरीवासका पदम बहादुर पौडेलको जीवन शैली सुधार गृहमा शंकास्पद मृत्यु भएपछि उनको लाशलाई पोष्टमार्टन गर्न महाराजगन्ज ल्याइएको हो । मृतकका आफन्तहरु प्रश्न गर्छन्– ‘सुधार गृहमा उनको हत्या कसरी भयो ?’ पौडेल काठमाडौं कोटेश्वरमा बस्दै आएका थिए । ३३ वर्षिय उनको आफ्नै कपडा व्यावसाय थियो । ३ सन्तानको पिता उनी रक्सी पिउने गर्थे । यो बानी सुधार गर्न उनको परिवारले उनलाई जीवन शैली सुधार गृह टौखेलमा राखिदिए । १९ दिन अघि सुधार गृहमा राखेको उनमा केही सुधार आएको थियो । उनी नयाँ वर्ष मनाउन घर आए, र फेरि फर्के सुधार गृह । घटना कसरी भयो ? पोष्टमार्टनका डाक्टहरु के भन्छन् ? घटना के कारणले शंकास्पद देखियो ? मृतकका परिवारको भनाई के छ ? घटनासँग जोडिएका विविध परिघटनाको बारेमा अधिवक्ता डोर बिक्रम थापा र मृतकका दाई हेम बहादुर पौडेलले नेपाल आजसँग कुराकानी गरेका छन् । नयाँ वर्षको भोलिपल्ट हाम्रो घरमा उहाँ बिरामी भएर पाटन अस्पताल लगेको भनेर सुधार गृहबाट फोन आयो । फोनमा भनिएको थियो–‘तपाईको मान्छेलाई बमेट भएर नोबेल अस्पताल लगेका थियो । त्यहाँ नभएर पाटन ल्याएका छौ । तुरुन्त आउनुहोला ।’
त्यसपछि हामी परिवारहरु पाटन अस्पताल गयौ । परिवारका सदस्यहरु पुग्दा उहाँको मृत्यु भइसकेको थियो । मृत्यु रहस्यमयी थियो । बमेट भएको मान्छे कसरी यति चाडै मर्न सक्छ । यही कुराले गर्दा हामीहरुले शंका गर्ने ठाँउ पायौँ । लाश पल्टाएर हेर्दा रगत आलो नै थियो । शरीरमा निल डामहरु प्रष्टै देखिने थियो । टाउकाको पछाडी पट्टी रडले हानेको जस्तो चोट थियो । घटनाको प्रकृती हेर्दा बिरामी भएर मरेको जस्तो थिएन । आत्महत्या भन्न पनि मिल्ने अवस्था थिएन । जुनसुकै तरिकाबाट हेर्दा पनि हत्या नै गरेको देखिन्थ्यो । हत्या भएको प्रष्टै थियो कसले र किन गर्यो ? भन्दा पनि सुधार गृहमै हत्या कसरी भयो ? भन्ने प्रश्न महत्वपुर्ण थियो । त्यसको साथसाथै बिहान ७ बजे घटना हुदाँ हामीलाई किन साढे दश बजे खबर गरियो ? पाटन अस्पतालको डाक्टरलाई यो कसरी मृत्यु भयो भनेर सोध्यौ । डाक्टरले बिरामी ल्याउने बित्तिकै र्इसीजी गरेको जानकारी दिए । ईसीजीमा मृत भएको देखाएको डाक्टरको भनाई थियो । ल्याउदै मृत देखिएपछि शरीरको राम्रोसगँ चेक नगरेको, निल डाम र घाउ आफुले याद नगरेको डाक्टरले बताए । सुधार गृहको अध्यक्षको अनुसार उहाँलाई नोबेल अस्पताल नपुर्याइकन पाटन अस्पताल ल्याएको थियो । हामीले त्यँहाबाट लाश नउठाउने निर्णय गर्यौँ । त्यसपछि प्रहरीमा जाहेरी दर्खास्त दियौँ । आज बिहानै सल्लाह गरेर हामीले कानुनी रुपमा जान पोष्ट मार्टन गर्न यहाँ टिचिङ ल्यायएको हो । यहाँको डाक्टरहरुले बताए अनुसार उहाँको पछाडी खप्परमा ठुलो चोट लागेको छ । उहाँको मृत्यु बिरामी भएर भन्दा पनि केही दुर्घटना भएर भएको हुन सक्ने डाक्टरहरुले बताएका छन् । पछाडी खप्परमा धारिलाे हतियार प्रहार भएको वा, कसैले हानेको हुनसक्ने डाक्टरहरुको अनुमान छ । आत्महत्या गर्नको लागि आफैले पछाडी हान्न सम्भव पनि हुन्न । पोष्टमार्टन रिर्पोट दुई, तिन दिन भित्र आउने डाक्टरहरुले बताएका छन् । डाक्टरहरुको प्रारम्भिक अनुमानले हत्या भएको पुष्टि भईसकेको छ । जीवन शैलीे सुधार गृहमा हाम्रो मान्छे मात्र हैन अन्य मानिसहरु पनि छन् । हामीले जीवन सुधार होस्, राम्रो होस् भनेर पठाएको ठाउँमा दिनदहाडै कसरी हत्या भयो त ? उनीहरुले जीवन सुरक्षा गर्न जिम्मा लिएपछि किन सुरक्षा भएन ? हामीले सुधार्न राखेका हौ, मार्न हैन । सुधार गर्न राखेपछि सुरक्षा दिनुपर्छ । सुरक्षा र सुधार गर्न किन सकेनन् ? सत्यतथ्य छानबीन र पिडितले क्षतीपुर्ती पाउनुपर्छ । हाम्रो मान्छेको दिनदहाडै मृत्यु भएपछि हामीले कानुनी उपचार पाउनु पर्छ । हामी जीवन शैली सुधार गृहलाई किटानी उजुरी जाहेरी गर्न जादै छौ । किटानी उजुरी भएपछि मात्रै हामी यहाँबाट लाश उठाउछौँ । सुधार गृहले अरुको जीवनमाथि खेलवाड गरेको छ । मृतकका नौ, सात र दुई वर्षका लालाबाला छन् । उनकी श्रीमतीले कसरी धान्न सक्छिन् । नेपालआजले जीवन शैली सुधार गृहका निर्देशकसँग यस घटनाको बारेमा पटक–पटक बुझ्ने प्रयास गरेको थियो । यद्यपी उनीसँग सम्र्पक हुन सकेन । सागर बुढाथोकीसँगको कुराकानीमा आधारित

bhim bahadur poudel dead body padam bahadur poudel

विशेष