अपराध सुरक्षा

सीके राउतलाई जन्म कैदको माग राख्दै रुपन्देही प्रहरीद्वारा मुद्धा दर्ता

सीके राउतलाई जन्म कैदको माग राख्दै रुपन्देही प्रहरीद्वारा मुद्धा दर्ता

वैशाख ४ । स्वतन्त्र मधेसको माग गर्दै तराईमा आन्दोलन गरिरहेका डा. सिके. राउतलाई रुपन्देही प्रहरीले पक्राउ गरी राज्य विरुद्धको मुद्धा चलाएको छ ।

राउतले राज्य विरुद्धको अपराध गरेको दाबी सहित जन्म कैदको माग गदै प्रहरीले आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्धा चलाएको हो । प्रहरीको दाबी अनुसार जिल्ला अदालत रुपन्देहीले राउतको विषयमा थप अनुसन्धान गर्नकोलागी ६ दिनको म्याद दिएको छ । अदालतबाट म्याद थप पाएपछि प्रहरीले राउतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालेको हो ।

रुपन्देहीको मर्चवारमा फागुन ७ र ८ गते राउतसहित उनका कार्यकर्ताले ट्रकमा आगजनी र प्रहरी चौकीमा आक्रमण गरेर प्रहरीको हतियार लुटेपछि प्रहरीले उनको खोजी गरेको थियो राउतलाई हेटौडाको मनौरीबाट चैत ३१ गते पक्राउ गरिएको हो । राउतलाई राज्य विप्लप र सांगठनीक मुद्दा चलाइएको छ । राजद्रोहको मुद्धा लागेका राउतको मुद्धा प्रक्रिया र थप अनुसन्धान गर्न ६ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्ष बेल बहादुर पाण्डेले बताए ।

यसअघि माघ २० मा उनी जनकपुरबाट पक्राउ परी रिहा भएका थिए । राउतलाई देश विखन्डनको अभिव्यक्ति दिएको आरोपमा पटक पटक पक्राउ गर्दै र छोड्दै आइएको छ ।

CK Raut

विशेष