अपराध सुरक्षा

तराई मुक्ति मोर्चाले राखेकाे सकेटबम सेनाद्वारा निस्क्रिय

तराई मुक्ति मोर्चाले राखेकाे सकेटबम सेनाद्वारा निस्क्रिय
वैशाख - ४ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्रचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकनजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेलापरेको सकेटबम नेपाली सेनाले सोमबार निस्क्रिय गरेको छ । दुई दिनअगाडि पसलभित्र राखिएको सकेटबम फेलापरेको सूचना पाएपछि राजविराजस्थित कृष्ण दल गणबाट सहसेनानी टीकासिंह बिष्टको नेतृत्वमा आएको नेपाली सेनाको टोलीले सो बमलाई निस्किृय गरेको प्रहरीले जनाएको छ । ओम श्री रोशन इम्पोरियममा फेलापरेको बम जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले राखेको जिम्मेवारी लिएको बताइएको छ । आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निकाय तहको निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गर्ने निर्णयअनुसार आर्थिक सहयोगको अपेक्षा राखी कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेको भन्दै कारवाहीस्वरुप बम राखिएको प्रहरीको भनाइ छ ।

सकेटबम

विशेष