अपराध सुरक्षा

पर्वतबाट अख्तियारमा शिक्षा क्षेत्र सम्बन्धित २३ उजुरी परे

पर्वतबाट अख्तियारमा शिक्षा क्षेत्र सम्बन्धित २३ उजुरी परे
वैशाख - ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित क्षेत्रीय कार्यालयमा पर्वतबाट सबैभन्दा बढी शिक्षाका उजुरी दर्ता भएका छन्। उक्त कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म पर्वतबाट शिक्षा क्षेत्रसंग सम्बन्धित २३ उजुरी दर्ता भएका हुन्। जसमध्ये १२ उजुरीउपर कारबाही भइसकेको र ११ वटा उजुरीमा अझै अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। अख्तियारमा विशेष गरी आर्थिक अनियमितता र विद्यालयमा कानुन विपरीत शिक्षक छनोटमा भएका क्रियाकलापकाका उजुरी रहेको जनाइएको छ। त्यस्तै अन्य विभिन्न मन्त्रालय सम्बद्ध ४९ उजुरीमध्ये १७ उजुरी कारबाही भइसकेका छन् भने ३२ उजुरीउपर अझै अनुसन्धान भई कारबाहीको प्रक्रियामा छन्। अख्तियारमा दर्ता भएका उजुरीमध्ये शिक्षापश्चात् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत नौ, वन मन्त्रालयअन्तर्गत तीन, ऊर्जा मन्त्रालयअन्तर्गत तीन, सहरी विकास मन्त्रालयअन्तर्गत तीन, महिला बालबालिका मन्त्रालयअन्तर्गत दुई र खानेपानी डिभिजन कार्यालयअन्तर्गतका दुई उजुरी दर्ता भएका छन्। त्यसैगरी भूमि सुधार सम्बद्ध एक, उद्योग मन्त्रालयअन्तर्गत एक र अन्य सङ्घसंस्था सम्बद्धका एक उजुरी दर्ता भएको बताइएको छ।

Akhtiyar Parbat

विशेष