अर्थ

जम्मूकाश्मीरमा मारिएका तामाङको परिवारलाई भारतीय दूतावासद्वारा ६० लाखकाे चेक हस्तान्त्रण

जम्मूकाश्मीरमा मारिएका तामाङको परिवारलाई भारतीय दूतावासद्वारा ६० लाखकाे चेक हस्तान्त्रण
वैशाख – ५ । भारतको जम्मूकाश्मीरमा मारिएका विमल तामाङको परिवारलाई नेपालका लागि भारतीय दूतावसले लडार्इंमा मारिएकाले प्राप्त गर्ने लाभकाे ६० लाख रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । भारतीय दूतावसले एक कार्यक्रम आयोजना गरी तामाङकी आमा माया तामाङलाई सो रकमको चेक हस्तान्त्रण गरेको हो । धरान ११ सोलिङमार्गका २० वर्षीय तामाङको गत कार्तिकमा जम्मूकाश्मीरमा पेट्रोलिङका क्रममा पाकिस्तानी सेनाको गाली लागी मृत्यु भएको थियो । उनी भारतीय सेनको ७/११ गोर्खा राइफलमा कार्यरत थिए । तामाङ २०७० साल असार १३ गते धरानबाट भारतीय सेनामा भर्ती भएका थिए । उनी लखनउमा तालिम सकेर गत जेष्ठ महिनामा जम्मूकाश्मीर पुगेका थिए ।

Bimal Tamang Jammu Kasmir

विशेष