अपराध सुरक्षा

गौरीघाट गोलीकाण्डको रहस्य नखुल्दै ललितपुरमा पनि रहस्यमय गोलीकाण्ड

गौरीघाट गोलीकाण्डको रहस्य नखुल्दै ललितपुरमा पनि रहस्यमय गोलीकाण्ड
वैशाख ६ । काठमाडौंको गौरीघाटमा भएको गोलीकाण्डको रहस्य नखुल्दै ललितपुरमा पनि गोली प्रहारको घटना भएको छ । ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९ मा गौरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो । दावामाथि गोली प्रहार भएको घटना प्रहरीले तत्काल थाहा पाए पनि पछिल्लो घटना भने घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछिमात्र प्रहरीको जानकारीमा आएको हो । गोली लागेको तेस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना हुनु, प्रहरीलाई जानकारी नगराउनु जस्ता कारण घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार क्रिस्चियन महासंघका सचिवसमेत रहेका खड्का मंगलबार बिहान पाटन अस्पताल पुगेका थिए । नागरिक

Gun

विशेष