अपराध सुरक्षा

चितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ
वैशाख–६ । चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताए। पक्राउ परेका सुतारलाई आजै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार २० हजारभन्दा माथि जरिवाना र छ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए ।

चितुवा छाला पक्राउ बैतडी

विशेष