अपराध सुरक्षा

अवैध कल बाइपास गर्ने पक्राउ

अवैध कल बाइपास गर्ने पक्राउ
वैशाख–७ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैधरुपमा कल बाइपास गरेको आरोपमा अनुपा खतिवडालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैधरुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । सो ठाउँबाट ६४ पोर्टको जीएसएम गेटवे डिभाइस, टीपी लिंकको राउटर, एचपी कम्पनीको ल्यापटप, कलर्स मोबाइल, ८ जीबीको पेनड्राइभ र सोनी एक्सपेरिया मोबाइल एक/एकथान बरामद गरिएको छ । अभियुक्त खतिवडालाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत् जिल्ला अदालत काठमाडौंबाट पाँचदिन म्याद लिइ अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।  

नेपाल प्रहरी पक्राउ

विशेष