अपराध सुरक्षा

पेस्ताेल र तीन राउन्ड गालीसहित दुर्इ पक्राउ

पेस्ताेल र तीन राउन्ड गालीसहित दुर्इ पक्राउ
वैशाख - ९ । इटहरीबाट पेस्ताेल र ३ राउन्ड गालीसहित प्रहरीले दुर्इ जनालार्इ पक्राउ गरेकाे छ । इटहरी ६ का २५ वर्षीय अमितकुमार सिंह र माेरंग सुन्दुरदुलारी नगरपालिका ६ का ३३ वर्षीय प्रेमकुमार रार्इलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । इटहरी उपमहानगरपालिका १७ कान्छीचाेकस्थित पूर्वपश्चिम लाेकमार्ग चेकजाँचका क्रममा उनी साथबाट पेस्ताेल र पेस्ताेलमा लाग्ने म्याग्जिन भेटिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । चेकजाँचका क्रममा माेटरसाइकलमा सवार सिंहकाे साथबाट पेस्ताेल र तीन राउन्ड गाेली लाेड भएकाे म्याग्जिन भेटिएकाे थियाे । त्यस्तै माेटरसाइकल चालक रार्इकाे साथबाट खाली म्याग्जिन भेटिएकाे हाे । यससम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ

विशेष