अपराध सुरक्षा

अमेरिकन पेस्तोल सहित २ पक्राउ

अमेरिकन पेस्तोल सहित २ पक्राउ

वैशाख १० । सुनसरीको ईटहरी उप–महानगरपालिका १७ कान्छीचौकबाट प्रहरीले शनिबार दिउँसो अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङका प्रेमकुमार राई र अमित सिंह रहेका छन् । उनिहरुको साथबाट प्रहरीले यू.एस.ए. ७.६५ एमएम लेखिएको पेस्तोल एक थान, ३ राउण्ड गोली लोड भएको म्यागजिन एक थान र खाली म्यागजिन एक थान बरामद गरेको छ ।

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भईरहेको छ ।

विशेष