अर्थ

तरकारीको आम्दानीले छोरा ईन्जिनियर, छोरी नर्स

तरकारीको आम्दानीले छोरा ईन्जिनियर, छोरी नर्स

वैशाख १० । पहाडी जिल्लामा कृषि पेशा गरिरहेका किसानले छोरालाई सिभिल ईन्जिनियर र छोरीलाई स्टाफ नर्स पढाएको कुरा देख्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर, जाजरकोट जिल्ला सदरमुकाम खलंगा नजिकै मटेलामा ब्यबसायिक तरकारी खेती गरिरहेकी एक महिला किसानहरुले तरकारीको आम्दानीवाट छोरा–छोरीलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई रहेकी छन् । भेरी नगरपालीका–११ मटेलाकी कालुदेवी पुनले ब्यबसायिक रुपमा तरकारी खेती गर्न थालेको १६ बर्ष बिती सकेको छ । कालुदेवी पुनले तरकारी खेतीवाट भएको आम्दानीलाई छोरा–छोरीको पढाईमा लगानी गर्ने गरेकी छन् ।

तरकारीको आम्दानीवाट छोरा मोतिराम घर्तीलाई कालुदेवीले चितवनको गैडाकोटमा रहेको अक्सपोर्ड इन्जिनियर कलेजमा सिभिल इन्जिनियर पढाई रहेकी छन् भने, छोरी कुशुम घर्तीलाई धरान मेडिकल कलेजवाट स्टाप नर्स पढाई सकेकी छन् । सिभिल ईन्जिनियर पढीरहेका २३ बर्षिय छोरा मोतिराम घर्तीको पढाई आगामी साउनमा पुरा हुने कालुदेवीले जानकारी दिईन् । उनले स्टाफ नर्सको पढाई भ्याई सकेकी १९ बर्षिय छोरी कुशुम घर्ती भने लोकसेवाको तयारीमा जुटी रहेकी छन् । आफुसंग जम्मा ५ रोपनी जग्गा मात्र रहेको कालुदेवीले जानकारी दिईन् । ५ रोपनी जग्गा मध्येवाट १ रोपनी जग्गामा आँप लगाएको, बाँकी ४ रोपनी जग्गाको आधा भागमा तरकारी खेती र आधा भागमा अन्नवाली लगाउने गरेको उनले वताईन् । ब्यबसायिक तरकारी खेतीलाई मुख्य पेशा बनाएकी कालुदेवीले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको वताईन ।

आफुले मौसमी तरकारीमा आलु, बन्दा, काउली, रायो, मुला खेती बेमौसमी तरकारीमा काक्रा, टमाटर, फर्सी, सिमी, मुला, भिडे खुर्सानी, भण्टा, भिण्डी, तितेकरेला, हरियो खुर्सानी, लौका आदी तरकारीहरु लगाउने गरेको कालुदेवीको भनाई रहेको छ । कालुदेवीको तरकारी खेतीवाट बार्षिक रुपमा तीन लाख भन्दा बढी आम्दानी हुने गरेको छ । सिकर्मी तथा डकर्मी पेशामा रहेका कालुदेवीका लोग्ने दीर्घबहादुर घर्ती पनि श्रीमतिले गर्दै आएको ब्यबसायिक तरकारी खेती प्रति सन्तुष्टी व्यक्त गर्दै आएका छन् । नमुना लक्ष्मी कृषि समुह मार्फत १६ बर्ष पहिले देखि श्रीमतिले गर्दै आएको ब्यबसायिक तरकारी खेतीलाई लोग्ने दीर्घबहादुर घर्तीले पनि साथ दिदै आएका छन् । यसै बर्ष २ लाख १० हजार जिल्ला कृषि बिकास कार्यालय जाजरकोटको अनुदान र ३० हजार आफ्नै नीजि लगानीमा ६ मीटर लम्बाई २० मिटर चौडाई भएको आफुले एउटा ग्रिनहाउस निर्माण गरेको कालुदेवीले वताईन । जिल्लामै पहिलो पटक निर्माण गरिएको ग्रिनहाउसमा उच्च स्तरको प्लाष्टिक प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयमा कार्यरत कृषि प्रसार अधिकृत मुकेश रामझालीले जानकारी दिदै भने–“ड्पि सिंचाई प्रबिधीको जडान गरिएको छ, किरा तथा अन्य रोग संक्रमनवाट बचाउनका लागि हाउस वरिपरि नेटको ब्यवस्था गरिएको छ, बिरुवालाई चाहीने नाईट्रोजन बायुमण्डलवाट लिन मिल्ने भ्यान्टीलेसन राखिएको छ, प्लाष्टिक मल्चिङ्गको ब्यबस्था गरिएको छ, विरुवाको सुरक्षाका लागि ताला लगाउने ब्यबस्था गरिएको छ ।”

जिल्लामै यस बर्ष पहिलो पटक निर्माण गरिएको ग्रिनहाउसवाट बाह्रै महिना बेमौसमी तरकारी खेती गरेर जिल्लामा तरकारी अभाव हुन नदिन सहयोग गर्ने बरिष्ठ कृषि बिकास अधिकृत डा.श्रीराम धिमिरेले वताए । किसानहरुले गर्दै आएको ब्यबसायिक तरकारी खेतीलाई विकसित तथा आधुनिकीकरण गर्न जिल्ला कृषि विकास कार्यालयले यस बर्ष देखि ग्रिनहाउसको कार्यक्रम ल्याएको डा. घिमिरेले जानकारी दिए । बारीमा आफुले उत्पादन गरेको तरकारी बिक्री गर्नलाई बजारको समस्या नभएता पनि प्रति बर्ष तरकारीमा लाग्ने रोग तथा किराको समस्या बढ्दै गएको कालुदेवीले जानकारी दिईन । बारीको तरकारीलाई बजार सम्म पुर्याउनलाई आफ्नो समुहलाई ढुवानीका साधनको समस्या रहेको कालुदेवीले जानकारी दिईन् ।

निर्वाहमुखी खेति प्रणालीवाट समुहमार्फत आफुहरु ब्यबसायिक रुपमा तरकारी किसान बन्न सफल भएको बताउदै, समुहलाई सहकारी तथा नीजि फाराममा बिकास गर्नका लागि आफ्नो समुहलाई अवलोकण भ्रमणको आवश्यकता रहेको नमुना लक्ष्मी कृषि समुहको अध्यक्ष समेत रहेकी कालुदेवी पुनले वताईन् । साथै उनले आफ्नो समुहलाई अवलोकण भ्रमणका लागि देश तथा विदेशमा लिन पनि सम्बन्धित पक्षसंग माग राखेकी छन् । तरकारी खेतीवाट आफुलाई यो स्तरमा पुर्याउनमा जिल्ला कृषि विकास कार्यालय, लिङ्क हेल्भेटास नेपाल, उच्च मुल्य कृषि बस्तु बिकास आयोजनाको योगदान रहेको कालुदेवीले वताउदै आएकी छन् ।

दीपबहादुर घर्ती

tarkari

विशेष