अपराध सुरक्षा

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
वैशाख – १० । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा कञ्जनपुरबाट प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । भिमदत्त नगरपालिका १८ स्थित भगतपुर बस्ने ३७ वर्षीय किशोर चुनारालाई प्रहरीले पक्राउ गरेको हो । श्रीमानको निर्घात कुटपिटबाट ३२ वर्षीया जयाश्री चुनाराको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी जुनाराको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जुनारालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विशेष