अपराध सुरक्षा

अग्रवाल, मिश्र र लामिछानेको विद्युत् प्राधिकरणमा पुनर्वहाली हुने प्रयास असफल

अग्रवाल, मिश्र र लामिछानेको विद्युत् प्राधिकरणमा पुनर्वहाली हुने प्रयास असफल
वैशाख – १० । लोडसेडिङ हटाउने अभियानमा असहयोग नेपाल विद्युत् प्राधिकरणका तीन सञ्चालकको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछाने सर्वाेच्च दायर गरेको रिट प्रधानन्यायाधिश सुशिला कार्की र पुरुषोत्तम भण्डारीको सयुक्त इजलासले खारेज गरिदिएको हो । लोडसेडिङ अन्त्य गर्ने अभियानमा असहयोग गरेपछि तीन जना सञ्चालक अग्रवाल, मिश्र र लामिछानेलाई उर्जा मन्त्रालयले पुष ४ गते सञ्चालकको सदस्यबाट हटाउने निर्णय गरेको थियो । उर्जा मन्त्रालयकाकाे निर्णयविरुद्ध उनीहरुले सर्वाेच्चमा रिट दायर गरेका थिए । सुरुमा न्यायाधिस प्रकाशमान सिंह राउतको इजलासले उर्जाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, प्रधानन्यायधीस कार्की र तत्कालिन न्यायाधिश जगदी शर्मा पौडेलकोको इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने बताएको थियो । उनीहरु तीनै जनाको ठाउँमा उर्जाले भक्तबहादुर पुन, चेतराज जोशी रउमेशप्रसाद थानीलाई नियुक्त गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण

विशेष