अपराध सुरक्षा समाज

बन्धक बनाएर जग्गा हडप्न खोज्ने चार पक्राउ

बन्धक बनाएर जग्गा हडप्न खोज्ने चार पक्राउ
वैशाख - ११ । अपहरण एवम् बन्धक बनाएर किर्ते प्रक्रियाबाट जग्गा हडप्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरी साेमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले साेमबार पत्रकार सम्मेलनमार्फत मेचीनगर नगरपालिका–४ का तेजेन्द्र न्यौपाने, वडा नंं ६ का भरत सुब्वा र प्रेम न्यौपाने तथा वडा नंं ७ का राजु कुँवरलाई सार्वजनिक गरेको हो । उनीहरुले स्थानीयवासी जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर किर्ते कागजमा सही छाप लगाएर प्रेम न्यौपानेका नाममा करिब रु १५ करोड मूल्य पर्ने जग्गा पास गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अभियुक्त न्यौपाने जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीसमेत हुन् ।

Arrested

विशेष