अपराध सुरक्षा

१५ करोडको जग्गा हडप्न अपहरण ! मन्त्रीका पीए देखि पत्रकारसम्म

१५ करोडको जग्गा हडप्न अपहरण ! मन्त्रीका पीए देखि पत्रकारसम्म

वैशाख १२ । करोडौं मूल्य पर्ने जग्गा हडप्नका लागि भएको अहपरणमा सञ्चारमन्त्रीका स्वकीय सचिवसमेत संलग्न रहेको भेटिएको छ ।

अपहरणका योजनाकार भने पत्रकार भएको खुलेको छ । अपहरण काण्डमा सञ्चारकर्मी, माओवादी र कांग्रेसका कार्यकर्ताको समेत संलग्नता रहेको प्रहरीको दाबी छ ।

झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्नका लागि जीवन विष्टलाई अपहरण गरिएको थियो ।

प्रहरीका अनुसार अपहरण काण्डमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य (अग्नि), सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरे, माउन्टेन टीभीका झापा प्रतिनिधि शम्भु दाहाल, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटीलगायतको संलग्नता भेटिएको प्रहरीको भनाइ छ ।

jagga

विशेष