अपराध सुरक्षा

अपहरण शैलीमा मलाई पक्राउ गर्योः सिलवाल

अपहरण शैलीमा मलाई पक्राउ गर्योः सिलवाल
वैशाख १२। डिआइजी नवराज सिलवालले आफूलाई बयानका लागि भन्दै अपहरणको शैलीमा आफ्नै संगठनले नियन्त्रणमा लिएको बताएका छन् । नियन्त्रणमुक्त भएलगत्तै स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बी एन्ड बी अस्पतालमा भर्ना भएका उनले अस्पतालमै पत्रकार सम्मेलन गरेर कुनै अभियोगबिना नै जबरजस्ती लगेर बयान लिने काम गरेको बताए । ‘जोसँग म लडिरहेको छु । उसैले पक्राउ गर्ने, उसैले बयान लिने, प्रपञ्च मिलाउने, फसाउने काम भयो,’ ह्वीलचेयरमा बसेर पत्रकारमाझ सिलवालले भने, ‘मुद्दालाई प्रभावित पार्ने गतिविधि भयो ।’ कुनै कानुन उल्लंघन नगरेपनि आफूलाई अपराधीलाई झैं व्यवहार गरिउको उनले बताए । कार्यसम्पादन मूल्यांकन फारम कसरी बाहिर आयो भन्ने विषयमा सम्बन्धित जिम्मेवार व्यक्तिसँग अनुसन्धान गर्नुपर्ने बताउँदै उनले भने, ‘म न्यायालयले जे भन्छ त्यो मानेर अघि बढ्छु ।’ नागरिक

विशेष