अपराध सुरक्षा

राजस्व छली गरी लुकाई राखेको आईफोनसहित एक पक्राउ

राजस्व छली गरी लुकाई राखेको आईफोनसहित एक पक्राउ
बैशाख - १२ । भंसार छली लुकाइछिपाइ राखेकाे २६ थान अाइफोनसहित एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएकाे प्रहरी टाेलीले धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय राजन भट्टलाई भंसार छलीकाे अाराेपमा पक्राउ गरेकाे हाे । टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित नमस्ते गेष्ट हाउसको चौथो तल्लामा रहेको कोठा नम्बर ११० बाट भट्टलाई प्रहरीले उक्त आईफोनसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।यस सम्बन्धमा प्रहरीले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।

पक्राउ

विशेष